८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सहकारीकाे साधारणसभामा सदस्यहरूकाे नि:शुल्क स्वास्थ्य परीक्षण


१९ भदौ, भक्तपुर । भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

सूर्यविनायककाे क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुशी व्यक्त गर्दै भविष्यमा शिविर आयाेजना गर्न माग गरेका छन् ।

कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँंदा हर्ष लागेको बताए । क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले विभिन्न संस्थाहरूसँंग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको सुनाए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १५:००