१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ओएनएफ साउथ अष्ट्रेलियाको अध्यक्षमा पहाडी


१७ भदाै, एडिलेड । प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अष्ट्रेलियाको बैठकले अध्यक्षको जिम्मेवारी युवराज पहाडी र सचिवको जिम्मेवारी सन्तोष गौतमलाई दिएको छ । मञ्चको अगस्ट २७-२८ सिड्नीमा सम्पन्न पाचौ राष्ट्रिय अधिवेशनमा तत्कालीन अध्यक्ष हेम खनाल सह सचिवमा निर्वाचित भए पछि अध्यक्ष पद रिक्त भएको थियो ।

मञ्चका ओशियाना अध्यक्ष राजु उपाध्यायको प्रमुख आतिथ्यमा भएको बैठकले दिपावलीको उपल्यक्षमा अक्टोवर २६ मा देउसी भैली खेल्ने र जनवरी १ मा अन्तर्राष्ट्रिय टोपी दिवसको उपल्यक्षमा टोपी दिवस मनाउने निर्णय समेत गरेको नव नियुक्त सचिव गौतमले बताए ।

त्यसैगरि बैठकले संस्थाको पव्लिक रिलेशन अफिसरमा सचिव गौतमलाई तोक्ने समेत निर्णय गरेको छ । गौतमका अनुसार सचिवलाई अध्यक्ष तथा उप सचिवलाई सचिवको जिम्मेवारी प्रदान गरिएको हो र अन्य पदाधिकारी तथा सदस्य यथावत् रहेको छ ।

नव नियुक्त अध्यक्ष पहाडीले साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदाय र समय समयमा मातृभूमिमा समस्या पर्दा मञ्चले क्षमता भ्याए सम्म सहयोग गर्ने बताए । उनले ओएनएफ साउथ अष्ट्रेलियाको ब्रान्ड कार्यक्रमका रुपमा समेत बुझिएको टोपी दिवसमा विशेष रुपमा मनाउने बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार २३:४६