१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट विद्यालय र क्याम्पस (सूचीसहित)


२३ भदाै, काठमाडाैँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले उत्कृष्ट १३ विद्यालयको नाम सार्वजनिक गरेको छ । राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शनिबार पुरस्कृत गर्ने गरी मन्त्रालयले उत्कृष्ट विद्यालयको छनाेट गरेको हो ।

मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमा कक्षा १० तर्फ शितलादेवी सामुदायिक विद्यालय कास्की पहिलो, त्रिपद्म विद्याश्रम मावि ललितपुर दोस्रो र कालिका मावि रुपन्देही तेस्रो भएका छन् । त्यस्तै संस्थागत विद्यालयतर्फ मदरल्याण्ड मावि कास्की पहिलो, जेम्स मावि ललितपुर दोस्रो र ज्ञान निकेतन मावि काठमाडौं तेस्रो भएका छन् ।

यस्तै कक्षा १२ तर्फ सामुदायिक विद्यालयमा अमरसिंह मावि कास्की पहिलो, विश्व निकेतन मावि काठमाडौं दोस्रो र बज्रबाराही मावि ललितपुर तेस्रो भएका छन् । संस्थागत विद्यालयमा कक्षा १२ तर्फ एसओएस हर्मन माइनर भक्तपुर पहिलो, एभरेष्ट इंग्लिस बोर्डिङ मोरङ दोस्रो र नेशनल सेकेण्डरी स्कूल ललितपुर तेस्रो भएका छन् ।

आंगिक क्याम्पस तर्फ पृथ्वीनारायण क्याम्पस पोखरा, सामुदायिक तर्फ लुम्बिनी वाणिज्य क्याम्पस रुपन्देही र निजीतर्फ मनमोहन इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट क्याम्पसको रुपमा छनोट भएका छन् । सिटिईभिटीबाट छनौट भइ सिफारिस भएका आधारमा आंगिकतर्फ लाहान प्राविधिक शिक्षालय सिरहा, सामुदायिकतर्फ पद्मोदय मावि दाङ, साझेदारीतर्फ मनमोहन पोलिटेक्निक इन्स्टिच्युट मोरङ र निजीतर्फ नेशनल हृयुमन रिसोर्स डेभलपमेन्ट एकेडेमी धनुषा पुरस्कृत हुने भएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार ०८:३१