१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

जन्मघर नै छोड्ने पार्यो १५ हजारले (कविता)


–सन्तोष भट्टरार्इ

जन्मघर नै छोड्ने पार्यो, १५ हजारले
आमाको काख तोड्ने पार्यो, १५ हजारले !

श्रीमतीको अपार माया, छोरिहरुको हसाई
मीठो सपना मोड्ने पार्यो, १५ हजारले !

डर पनि मान्नु पर्छ, कहिले गाली खानु पर्छ
दुनियाँ लाई गोड्ने पार्यो, १५ हजारले !

धर्म अनि सस्कृती लाई, बिर्सने पो भैयो
खेत लाई बाझै छोड्ने पार्यो, १५ हजारले !

यहि पनि कहिले सम्म, भन्ने टुङ्गो छैन
यो जीवनलाई घोट्ने पार्यो, १५ हजारले !

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १९:११