७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आशिफ शेखको कप्तानीमा १९ वर्षमुनीको क्रिकेट टोली घोषणा


२२ भदाै, काठमाडाैँ ।  भारतमा हुने १९ वर्षमुनीको एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । टिममा राष्ट्रिय टोलीमा रहेकाहरुलाई राखिएको छैन भने केही नयाँ अनुहार थपिएको छ ।

घोषित टोलीमा नेपाली टोलीमका त्रिराज दास, रवि शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान छन् । यस्तै भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद आलम छन् ।

प्रतियोगिताका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गरेको प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडिमी र अफगानिस्तानको १९ वर्षमुनीको टोलीले प्रतिस्प्रर्धा गर्नेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १७:३८