१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेकपा अध्यक्ष प्रचण्डसँग भारतीय गृहमन्त्री सिंहले भने अब सीमा क्षेत्रमा नेपाली लुटिन्न दिन्न


२२ भादै, काठमाडाैँ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल भारत सीमामा नेपालीलार्इ लुटिन नदिने प्रतिवद्धाता जनाएका छन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा गृहमन्त्री सिंहले सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटको घटना अन्त्य गराउने बताए ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नेपाल-भारत सीमाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना हुन नदिने विश्वास दिलाएका थिए ।

यस्तै नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने कुरासमेत भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १५:५८