१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लघुबीमा कम्पनी स्थापनाका लागि बीमा समितिको खुला आह्वान (सूचनासहित)


१० भदाै, काठमाडाैँ । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । समितिले शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै नेपाल सरकारको आ।व। २०७९/८० को बजेट वक्तव्यको बुँदा नं। ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख भएको स्मरण गराइएको छ ।

यस्ता कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति तथा लगानीकर्ताहरुका लागि विभिन्न सर्तहरु राखी समितिले सूचना प्रकाशित गरेको हो । ती व्यक्ति तथा संस्थाहरुलाई प्रस्ताव पेश गर्न समितिले ३५ दिनको अवधि दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १३:३३