७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रिलायवल नेपाल लाइफको बोनसदर सार्वजनिक


१० भदाै, काठमाडाैँ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आथिर्क वर्ष २०७७।७८ को लागि बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको बोनसदर अनुसार रिलायबल नेपाल लाइफले आर्थिक वर्ष २०७७।७८ को वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।कम्पनीले अघिल्लो आथिर्क वर्षको तुलनामा बोनसदरमा उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

उक्त बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जनाएको छ । लघु सावधिक जीवन बीमालेखमा सबै बीमा अवधिहरूका लागि कम्पनीले प्रतिहजार ३० रूपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीको रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) अन्तर्गत सबै बीमालेखहरूका लागि प्रतिहजार २५ रूपैयाँ बोनसदर कायम भएको छ । रिलायबल सुलभ जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २४ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँ बोनसदर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) अन्तर्गत इन्स्योरेन्सले न्यूनतम प्रतिहजार ६० रूपैयाँ र अधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । सावधिक तथा आजीवन बीमा योजनामा इन्स्योरेन्सले न्यूनतम ३० रूपैयाँदेखि अधिकतम ५० रूपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल समुन्नती जीवन बीमामा सबै बीमा अवधिका लागि प्रतिहजार २० रूपैयाँ बोनसदर कयाम भएको छ । रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमितले न्यूनतम प्रतिशजार ५० रूपैयाँ र अधिकतम ५५ रूपैयाँ बोनसदर पाउनेछन् ।

माथि उल्लेखित बोनसदर मुत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पन मुल्य दाबी, चुक्ता मुल्य तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै अर्को बीमाङकीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पुर्ण दाबीहरुमा समेत सोही अनुसारको बोनसदर कायम गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १३:०३