७ आश्विन २०८०, आईतवार | Sun Sep 24 2023

न्याय निरूपणमा प्रदेश, संघीय र स्थानीय तहको भूमिक उत्तिकै महत्वपूर्णः गृहमन्त्री खाण

८ भदौ, काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटन गर्दै गृह मन्त्री खाणले उक्त कुरा बताएका हुन् । गृहमन्त्री खाणले बदलिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरी थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको जनाए ।

जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले उक्त दायित्व पुरा गर्न सुरक्षा निकायलाई अझै सवल तथ सुदृढ गर्न सरकार सदैव तयार रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा महान्यायाधिवक्ता खम्म बहादुर खातीले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले उत्कृष्ट कार्य गर्दै आईरहेको जनाउँदै आगामी दिनमा स्थानीय तहसँग सहकार्य तथा समन्वय गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १४:१६

UniversityCollege.com