७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मैमत्तहरूलाई आम निर्वाचनमा धुलो चटाउ


-जेपी सिलवाल

सत्ताको चाबी निर्वाचनपछि पनि आफ्नो हातमा रहोस्,नफुत्कियोस भन्ने अभियानमा छन्, सत्ता गबन्धन । यसैको लागि गृहकार्य गर्न गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएर भाद्र भित्र (उम्मेदवार मनोनयन अघि) सिट बाँडफाँड गरिसक्ने समयसिमा तोकेको छ । यसलाई भन्छन् “माछा समात्न जाल फ्याक्ने भ्यागुतो आएनि सिकार ठान्ने” । (आखिर पानी नदीमा बस्ने चिज नै त हो भनेर तरकारी मान्ने ) ।

अहिले सरकारमा भएका दलहरुले आम निर्वाचनमा मात्र केन्द्रीत हुनुको एउटै उद्देश्य आम निर्वाचन पश्चात कांग्रेस नेतृत्वमा सरकार बनोस्, अरुमा नजाओस् भन्ने नै हो । गठबन्धन भित्र रहेका दलहरू आफ्नो दलले कसरी बढी सिट लिने भन्ने ध्याउनमा देखिन्छन् । माओवादी लगायत साना दल गठबन्धन भित्रै उप गठबन्धन बनाएर सिट बार्गेनिङमा छन् । कांग्रेसले आफू ठूलो दल भएको हैसियतले स्वभाविक धेरै सिट चाहान्छ। उसले ९९ सिटको बटमलाइन नै बनाइ सकेको छ ।

तर माओवादी पनि के कम हिजो नेकपा एमालेको बुइ चढेर प्रतिनिधिसभाको तेस्रो ठूलो दलको हैसियत र अहिले सरकारको काँध थामेको हिसाबले माओवादी सकेसम्म अधितम सिट लिने ध्याउनमा देखिन्छ । यी दुई दल बाहेक एकीकृत समाजवादी, मधेशका दल अहिले स्थानीय तहमा केही सिट आफूले जितेको कांग्रेस माओवादीको सरकारमा आफनो पनि हिस्सा भएको हुँदा बढि सिट लिने कुरामा के कम भने जस्तो अवस्था छ । सिट भागवण्डाको विषयमा कसरी सहमति जुट्छ त्यो त हेर्न बाँकी छ ।

तर निर्वाचनपछि सरकारको नेतुत्व गर्ने, सरकार सञ्चालन गर्ने कुरा बढी महत्व भएकोले अहिले सिट भागवण्डामै बढी लिनुपर्छ भन्ने कुरामा माओवादी सचेत छ । सचेत हुनु स्वभाविक हो, किनभने माओवादी कति अर्काको पछि लागेर सरकारका पुच्छर हुने भन्ने पनि होला । तर कांग्रेस के कम अहिले जितेको स्थानीय तहलाई आधार बनाएर भए पनि आफू बढी सिट लिने कुरामा चनाखो भएर लागेको छ ।

हिजो एमालेसँग संग निर्वाचनमा तालमेल गर्दा जसरी माओवादीले फाइदा लियो आजको अवस्था त्यो रहदैन । माओबादीलाइ जसरी नेकपा एमाले ले काँध थामेर यहां सम्म ल्यायो त्यती सम्मको काँध अरुले थाप्ने स्थिति छैन् ।

हिजो माओवादीले जसरी नेकपा एमालेसँग फाइदा लिएर पछि एमालेको काँधमा बन्चरो हान्यो अब कांग्रेस लगायतको पार्टीहरूसँगको चुनावी तालमेल त्यो रहदैन, त्यसैले माओवादी अवसरका लागि विचार नमिल्ने दलसंग चुनावी तालमेल गर्दैछ । त्यो भन्दा बढि बठ्याइ कांग्रेसले गर्दैछ । जसले सम्पूर्ण सिट मध्ये ६० प्रतिशतको दाबी गरेको छ । यसलाई हेर्दा संघमा कांग्रेसको भागमा १६५ सिट मध्ये ९९ सिट प्रदेशमा ६० प्रतिशत भन्दा १ सय ९८ सिटको लागी कांग्रेस ले गठबन्धनलाइ विकल्प मानेको छ ।

जुन अवसरले पाँच वर्ष सरकार सञ्चालनमा कांग्रेसको महत्त्वपूर्ण भूमिका रहन्छ । माओवादी लगायतका पार्टीहरु पुनः पुच्छर मात्र त हुन भन्ने पुष्टि हुनेछ । अवसरका लागि विचार मिल्ने भन्दा फरक पार्टीसँग घाटी जोड्नेहरुको आखिर बेहाल नै देखिन्छ होला । गठबन्धन वालाहरूको अहिलेको योजना हेर्दा लाग्छ निर्वाचन बाहेक अरु योजना बनाउने कार्यान्वयन गर्ने र नागरिकलाई न्याय सुशासन र विकासको आभास गर्न नदिने जसरी हुन्छ । निर्वाचनमा गठबन्धन गर्ने निर्वाचनमा जित हासिल गर्ने, निर्वाचनपछि बढी सिट ल्याउने र सरकारमा पाँच वर्ष मस्ति गर्ने योजना नै अहिलेको गठबन्धनको पहिलो प्राथमिकता देखिन्छ ।

कांग्रेस केहि वर्ष सरकार बाहिर बस्यो हिजो सरकारमा हुँदा जे सुख सुबिधा भोग गरेको थियो सरकार बाहिर रहदा त्यो अवस्था रहेन देशको ढुकुटी रिताउन पाएन आज त्यसको खोजीमा छ । त्यसैले जसरी हुन्छ बढी सिट प्राप्त गर्ने पुन सरकारको नेतुत्व हत्याउने सुरमा छ । पानी बिनाको माच्छो र सत्ता बिनाको कांग्रेस एउटै हो ।

माओवादी त झन के कुरा गर्नु, जो अरुको सहारा बिना निर्वाचनमा जाने आँट समेत गर्न सक्दैन् । उसको ध्यान नै जसरि नि सत्तामा पुग्ने देदिन्छ । अर्काको खुट्टमा उभिएर भए पनि केहि सिट प्राप्त गर्ने र सरकारमा जाने कोसिस देखिन्छ । जुन दल शान्ति प्रक्रियामा आएपछि यि सरकारमा बाहेक अहिलेसम्म सत्तको स्वादमा रमाइरहेको छ ।
एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकार, खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद् र सुशील कोइराला नेतृत्वको सरकार बाहेकमा माअोवादी निरन्तर सत्तामा छ ।

समाजवादी आफु एउटा टुक्रा किन नहोस् एमालेलाइ देखाउन भएपनि गठबन्धनमा सामेल छ । मधेसी दलहरू जसरी आफनो स्वार्थका लागी गठबन्धनमा सामेल हुन्छन नै ताकी एक सिट किन आफनो हातमा नआओस् । स्थानीय तहको निर्वाचनपछि हालको गठबन्धन भित्रको उमेदवार जहाँ जीत हाँसिल गरे यीनका व्यवहार नागरिकले भोग्न थालीसकेका छन् ।

मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा नागरिकले यो गठबन्धनलाई बिश्वास गरेर मत दिन्छन् वा दिँदैनन् भोलिको कुरा हो । तर गठबन्धनले उठाउने लठ्ठक उमेदवारको हर्कत शायद गतिलो हुँदैन होला विकास र समृद्धि भन्दा पनि पनि कसरी निर्वाचनमा जित हाँसिल गर्ने भन्दा अरू योजना नहुन सक्छ । हालसम्म मै हुँ भन्ने गठबन्धनले केही नयाँ एजेन्डा ल्याएको देखिदैन ।

परम्परागत भन्दा नयाँ योजना यिनीहरुसँग छैन पनि त्यसैले मतदाताले विचार गरेर मतदान गर्नुपर्छ । नत्र पाँच वर्ष निकै कठिन बन्न सक्छ । शक्तिशालीहरू एक्लै निर्वाचनमा जान तमतयार छन् । जो कमजोर छन् उ गठबन्धन नगरी नागरिकको अगाडी जान हिम्मत राख्दैनन् । चुनाव लड्न तयार छैन त्यसैले साउन भरमा सिट बाड्फाड्मा लाउने र निर्वाचनको समय नजिक आएपछि भागको आधारमा विकासको योजना होइन बोराभरी पैसा बोकेर गाउँ जादैछन् ।

त्यसैले आउदै गरेको निर्वाचनमा चनाखो बनौँ जिन्दगिभर आफ्नो व्यक्तिगत विकास गर्ने निर्वाचनमा पैसा बोकेर मतदाता भएको ठाँउमा जानेसँग सचेत बनौँ । गफ मात्र गर्ने नागरिकको दुःखमा नजिक नपर्नेहरूबाट टाढा बसौँ । विवेक पुर्याएर मतदान गरौँ आफनो अधिकारको भरपुर उपयोग गरौँ । नेकपा एमाले कसैसँग गठबन्धन गरेर होइन एक्लै निर्वानमा जान तयार छ । हिजो नेकपा एमाले सरकारमा हुँदा गरेको सकारात्म काम र आज सरकार बाहीर हुँदा नागरिकको सवालमा जे भूमीका निर्वाह गरीरहेको यसको पनि मूल्याङ्कन हुन जरुरी छ । नेकपा एमाले कम सिट जित्न तयार छ, बिचार नमिल्नेसंग गठबन्धन गर्दैन यो कुरा पक्का छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार २०:३३