१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वास्थ्य मन्त्रालयमा कांग्रेस हावी हुँदा सरूवामा भद्रगोल, प्रदेश ७ ले अस्वीकर गर्यो (सूचीसहित)


२१ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासनमा नेपाली कांग्रेसका नाममा राजनीति गर्ने कर्मचारी हावी हुँदा सरूवा नै भद्रगोल बनेको छ । मन्त्रालयको सरूवा यतिसम्म अवैज्ञानिक बन्यो कि प्रदेश ७ ले लिखित रूपमै सरूवा अस्वीकार गर्ने निर्णय लिएको छ । स्वास्थ्य सेवा विभागबाट सरुवा गरिएका कर्मचारीहरुलाई प्रदेश ७ सरकारले रमाना नदिने निर्णय गरेको हो ।

प्रदेश ७ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय डोटीले रमाना नदिने भन्दै पत्र लेखेको छ । प्रदेश ७ स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थीले स्वास्थ्य सेवा विभाग टेकुलाई पत्र नै लेखेर सरुवाको निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ दिएका छन ।

प्रदेश ७ का नौ जिल्लाअन्तर्गतका स्वास्थ्य संस्थामा चौथो तह (अनमी) देखि एघारौं तह (विशेषज्ञ डाक्टर) सम्मको दरबन्दी छ । हाल सबै तहका गरी १५० भन्दा बढी दरबन्दी रिक्त छन् । दुर्गम मानिने त्यही प्रदेश ७ मा सबैभन्दा बढी स्वास्थ्यकर्मीहरु सरुवा भएका छन् ।

कतिसम्म भने जागिर खाएको सात महिनामै कर्मचारीहरुको सरुवा गरिएको छ । जबकि नियुक्ति भएको दुई वर्ष नपुग्दै कुनै पनि कर्मचारीहरुको सरुवा गर्न नियमले मिल्दैन । नेपाली कांग्रेस निकटका कर्मचारीले मन्त्रालय नै कब्जामा लिँदा पनि मन्त्री उपेन्द्र यादव भने निरीह बनेका छन ।

यस्तो छ सरूवाको सूची

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार १६:२५