१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

समयमा काम पूरा नगर्ने निकाय कारवाहीमा पर्ने


२४ फागुन सप्तरी । सप्तरीमा भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगरे सम्बन्धित निकाय कारवाहीमा पर्ने भएको छ ।

प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले मधेशमा काम नगर्ने, ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्नेलाई बर्खास्त गर्न सकिने बताए । विकास निर्माणका दृष्टिले प्रदेश नं २ अत्यन्त पछाडि रहेकाले तीव्ररुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री सोनलले केन्द्रीय सरकारको विकास निर्माणको कामलाई निगरानी र खबरदारी गर्ने काम प्रदेशले गर्ने बताउँदै निर्माणसम्बन्धी काम समयमा पूरा नहुनाको मुख्य कारण निर्माण कम्पनीले एकदमै घटाएर काम गर्ने जिम्मा लिने गरेकोप्रति चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १८:०४