१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

जापानमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प, भर्‍याङबाट लडेर ८२ वर्षका एक वृद्धको मृत्यु


२१ भदाै, काठमाडाैँ । जापानमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको छ । जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्पका बेलामा भर्‍याङबाट लडेर ८२ वर्षका एक वृद्धको ज्यान गएको छ भने कम्तीमा १० जना घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पका कारण केही घर भत्किएका छन् । भूकम्पपछि परकम्प अाउनेक्रम रहेपनि सुनामीको खतरा भने नरहेको बुझिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार ०८:५३