८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टी–१० क्रिकेटको उपाधि ट्रिटन कलेजलाई


२७ साउन, काठमाडाैँ । ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो ।

ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बने । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित भए । गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट व्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर भए ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार ११:३७