६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

स्वावलम्बन लघुवित्तले नाफा १३.०९ प्रतिशतले बढ्यो


२७ साउन, काठमाडाैँ । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो वर्षको भन्दा १३.०९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ ।

यता, सञ्चालन नाफा पनि १४.६१ प्रतिशतले बढेको छ । यसको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्नाले खुद नाफामा पनि सकारात्मक प्रभाव देखिएको हो । यसले १४ करोड ७१ लाख रुपैयाँ राइट ब्याक गरेको छ । यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । स्वावलम्बनको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ ।

रिजर्भ २८.८९ प्रतिशतले बढेको छ । यसको रिजर्भ कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा अनुपात ४.३८ प्रतिशतबाट घटेर २.९० प्रतिशत कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार ११:३४