१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

टानमा एमाले, कांग्रेस र समाजवादी मिले, एक्लो परेपछि माओवादी ट्वाँ


२६ साउन, काठमाडाैँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को साउन ३० गते हुने निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेपछि नेकपा माओवादी केन्द्र एक्लो बनेको छ।  एमालेलाई एक्लो बनाउन प्रयास गरिरहेको माओवादी आफैँ एक्लिएपछि त्यसका नेताहरू ट्वाँ परेका छन ।

यता तीन दल समर्थित व्यवसायीहरूले निलहरि बाँस्तोलाको अध्यक्षतामा प्यानल नै खडा गरेर उम्मेदवारी दिएका छन । बिहीबार काठमाडाैँको मालीगाउँस्थित टान सचिवालयमा बाँस्तोला समूहले अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन दर्ता गरेको छ ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा (एमाले) निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने सहमति गरेर सोही अनुसार उम्मेदवारी दर्ता गरेका हुन ।

बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् ।

यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १६:३२