७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयको अनुसन्धानमा सघाउने, यस्ता छन सम्झाैताका बुँदाहरू


२५ साउन, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको अनुसन्धानमा सघाउने भएको छ । अुन्सन्धाउनमा सघाउ गर्ने सम्बन्धीमा एक सम्झाैतामा नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन भने सो बिभागका बिद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्ने नेपाल बैंक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलाइ आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।

त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद रु तीस हजार प्रदान गर्नेछ ।

बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ ।

मंगलबार भएको उक्त सम्झाैतामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन बिभागका निमित्त बिभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका छन । 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले त्रि.वि व्यवस्थापन केन्द्रीय विभागसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धान सम्बन्धी कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । 

सम्झाैतामा हस्ताक्षरपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागका नि.विभागीय प्रमुख सह प्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसंग आफ्ना बिद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गरे । उनले सहकार्यका लागि बैंकलाई धन्यबाद समेत दिए । 

सो कार्यक्रममा त्रि.बि व्यवस्थापन बिभागका एमविए प्रोगाम डाइरेक्टर सह–प्राध्यापक ज्ञानमणी अधिकारी, सह–प्राध्यापक डा. धुब्रलाल पाण्डेय, डा.बलराम दुवाल र डा. भरतसिंह थापा, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत बिश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल, कम्पनी सचिब केशब भण्डारी लगायत उपस्थित रहेका थिए । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १६:५५