१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय युवा संघले तोक्यो सबै जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)


२४ साउन, काठमाडाैँ । राष्ट्रिय युवा संघले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ । पार्टीको जनसंगठन समन्वय संयन्त्रको निर्देशन अनुसार पदाधिकारीको संख्या घटाएको युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको हो ।

मंगलबार अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ ।

जनसंगठन समयनन्वय संयन्त्रको निर्देशिका अनुसार २९९ सदस्य भन्दा ठूलो केन्द्री कमिटी बनाउन नमिल्ने भए पनि संघले केन्द्रीय कमिटीको आकार भने घटाएको छैन । संघले तोकेको जिम्मेवारी तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १७:२५