१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !


२४ साउन। काठमाडाैँ । चीनको एक अदालतले एक युवतीलाई आफ्नो प्रेमीको पत्नीलाई ३ दशमलब ७९ मिलियन युयान क्षतिपूर्ति दिन फैसला गरेको छ । उनीहरूको सम्बन्धलाई कानुनले मान्यता नदिएको भन्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतले महिलाको पक्ष फैसला गर्दै प्रेमीकी श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको हो ।

उत्तरपूर्वी चीनको लिओनिङस्थित झुआङ्घेको जनअदालतले जारी गरेको कागजातअनुसार वादी ली उपनामकी महिला र उनका पति वाङले सन् १९९१ मा विवाह गरेका थिए । सन् २००८ मा वाङले सिआओक्सिया नाम गरेकी अर्को महिलासँग विवाहइतर सम्बन्ध सुरु गरेका थिए ।

केही वर्षअघि लीले आफ्ना पतिको अफेयरबारे थाहा पाएकी थिइन् । पतिले उनलाई नियमित पैसा पठाउने गरेको उनले पत्ता लगाएकी थिइन् । वाङले ती महिलासँग आफ्नो सम्बन्ध भएको र उनको तर्फबाट १० वर्षका एक । सन् २०१३ देखि २०२० को अवधिमा वाङले प्रेमिकालाई १ दशमलब ४७ मिलियन युयान रकम, १ दशमलब ४५ मिलियन मूल्यका दुई ओटा अपार्टमेन्ट र र एउटा महंगो कार दिएको खुलासा भएको थियो ।

सियाओक्सियाले वाङ विवाहित थिए भनेर आफूलाई कहिल्यै पत्तो नभएर उनले वर्षौंदेखि वाङबाट प्राप्त गरेको पैसा बालकको सहयोगका लागि प्रयोग गरिएको तर्क गरेकी थिइन् । तर, अदालतले यो मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको भन्दै प्रेमीको पत्नीको पक्षमा वकालत गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १५:१४