१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढ्यो


२४ साउन, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ । मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३७ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १२:२७