१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने


२४ साउन, काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा १९ भदौसम्म र ढिलोमा ४ असोजसम्म आइपीओ खुला रहनेछ । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १२:२०