७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

दैलेखमा पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई पुरस्कार


-जितेन्द्र थापा

२४ साउन, सुर्खेत । सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले दैलेखमा टिकटक प्रतियोगितको आयोजना गरेको छ । धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रवर्द्धनका लागि आयोजना गरेको हो ।

धार्मिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिने महाबुको उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरेको प्रोजेक्ट ठुट्टेले जनाएको छ । टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले टिकटक भिडियो पोष्ट गर्दा चारवटा हयाचटयाग महाबु अन टिकटक, प्रोजेक्ट ठुट्टे, एक्सपोलोर महाबु दैलेख अनिवार्य राख्नुपर्ने छ ।

नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीन हजार तीन सय रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, विजेताको फोटो (फ्रेमसहित) पाउने आयोजकले जनाएको छ । भदौ २० गतेसम्म प्राप्त हुने भ्युज र लाइकको आधारमा विजेता घोषणा हुनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:०६