१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध


२४ साउन, काठमाडाैँ । चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

‘परराष्ट्र मन्त्रालयले सैन्य अभ्यास लम्ब्याउने चीनको निर्णयको कडा निन्दा गर्दछ । चीनको उत्तेजना र आक्रामकताले ताइवान स्ट्रेटको यथास्थितिलाई हानि पु¥याएको छ र यस क्षेत्रमा तनाव बढेको छ’, विज्ञप्तिमा भनिएको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

चिनियाँ विमान र जहाजहरू आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अस्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०७:४५