७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नुवाकोट र धादिङको सीमाको कोल्पु खोलामा महिलाको वेवारिशे शव फेला


२२ साउन, नुवाकोट । नुवाकोट र धादिङ जिल्लाको सीमा भएर बग्ने कोल्पु खोलाको किनारमा एक महिलाको वेवारिशे शव फेला परेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ की वडा अध्यक्ष कौशिला पुडासैनीका अनुसार अन्दाजी ३०र३५ वर्षको महिलाको शव फेला परेको हो । उनले प्रहरीलाई खबर गरिएको र कोही कसैको आफन्त हराइरहेको भए प्रहरीकोमा खबर गर्न अनुरोध गरेकी छिन ।

कोल्पुखोलाको बाढीले बागाउँदै बेलकोटगढी ३ र धुनिवेशी नगरपालिका ४ नम्बर वडाको बाह्रबिसे भन्ने स्थानमा झोलुङ्गे पुलको मुनी शव भेटिएको र शव केही गलेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन ।

बेलकोटगढी ३ को वडा अध्यक्ष काैशिला पुडासैनीले सामाजिक सञ्जालमा गरेको अपिल ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार २२:४९