४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

अहिलको सरकारले जहाँ छोयो त्यहाँ खरानी पार्याेः केपी ओली


२२ साउन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि दलहरुले आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहको बताएका हुन् ।

प्रचण्ड र माधव नेपालहरु कांग्रेस नामको बञ्चरोको बिड भएको र उनीहरुको कुनै अस्तीत्व नै नरहेको ओलीको भनाई छ । उनले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफु दोश्रो हुनका लागि उनीहरु कांग्रेसको पछि पछि हिडेको धारणा राखे ।

कांग्रेसका पछाडी लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई नझुक्काउने काम भएको तर्क गरे । उनले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अव निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताए । आफु सरकारमा हुँदा जहाँ छोयो त्यहाँ बिकास हुने भएपनि अहिले अहिलको सरकारले जहाँ छोयो त्यहा खरानी पारेको उहाले बताए ।

ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै देशमा अझै विनाश हुने जिकिर गरे । आगामी निर्वाचनमा देशलाई बचाउनका लागि एमालेको बहुमत आवश्यक रहेको उनको भनाई छ । ओलीले हिजो एमाले सरकारले गरेका राम्राका कामको बारेमा जनतालाई बुझाइ एमालेको पक्षमा जनमत तयार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १८:५७