८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

काठमाडाैंकाे बालाजुमा सडकमा हिँडिरहेकी महिलालाई लुट्ने दुई जना पक्राउ


२२ साउन, काठमाडाैं । काठमाडाैंकाे बालाजुमा बाटोमा हिँडिरहेकी एक महिलाको झोला लुटपाट भएकाे छ । बालाजुस्थित कुमारी स्थान सडकमा पैदल हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा सवार दुई जना व्यक्तिले धक्का दिइ उनले बोकेको झोला लुटेर फरार भएका थिए ।

ढकालको झोलामा रहेको नगद, मोबाइल तथा महत्वपूर्ण कागजात लुटिएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडाैंकाे मनमैजु र बानियाटारबाट रामेछाप घर भई टोखा बस्ने सागर दर्जी र तारकेश्वर नगरपालिकाका अमिर महर्जनलाई पक्राउ गरेको कार्यालयले आइतबार जनकारी दिएको छ । उनीहरुको साथबाट खुकुरी र लागुऔषध समेत फेला परेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १८:४७