४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

ज्वाइँले आफ्नै सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाए


२२ महाेत्तरी । ज्वाइँले आफ्नै सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । महोत्तरीको भंगहा नगरपालिका–१ कञ्चजनवनमा  आफ्नै ज्वाइँले ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।

६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएका हुन् । शनिबार मट्टितेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको प्रहरीले जनाएकाे छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए ।

घटनापश्चात् सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा भने फरार छन् । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १८:०९