११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

नेपाली बालबालिकाको सहयोगार्थ एनआरएनए साउथ अष्ट्रेलियाको `च्यारिटी डिनर´


२२ साउन, एडिलेड । गैर आवासीय नेपाली संघ(एनआरएनए) साउथ अष्ट्रेलियाको आयोजनामा पुन्य फाउन्डेसन मार्फत नेपालका तीन जिल्ला सिन्धुपाल्चोक, धादिङ्ग र काभ्रेमा रहेका बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्नका लागि रकम संकलनका लागि `च्यारिटी डिनर´ भएको छ ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाका अनुसार अष्ट्रेलियन डलर १२९१० ( डिनरमा खर्च कटाएर बाँकी रकम र अनलाइन मार्फत जम्मा भएको बाहेक) सहयोग संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्यदूत दीपक धमलाले प्रवासी नेपालहरूले देशका विभिन्न क्षेत्रमा रहेका समस्या समाधानका लागि आ-आफ्नो क्षमता अनुसार क्रियाशिल हुनुपर्ने बताए । धमलाले परोपकारी कामका लागि एनआरएनले लिएको पहल कदमीका धन्यवाद व्यक्त गर्दै पुण्य फाउन्डेसनको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पुण्य फाउन्डेसनले नेपाल र अफ्रिकामा गरेको परोपकारी कामको वृत्तचित्र प्रस्तुत गरिएको थियो । अर्थ संकलनका लागि कार्यक्रममा विभिन्न नेपालीपन झल्कने सामाग्रीहरु लिलामी समेत गरिएको थियो । लिलामीको संचालन एनआरएनए अष्ट्रेलियाका सदस्य सुजन एसीले गरेका थिए ।

लिलाम गरिएका सामग्रीहरु चुलेशी र तुम्बा गिलास हरि शर्मा , परम्परागत नेपाली कुर्सी काशी अधिकारी , गणेशको मुर्ति नेपाली वाणिज्यदुत दीपक धमला, लाखे र तलेजुको मन्दिरको क्यानभास पेन्टिङ आर्शा भट्टराईले सहयोग स्वरुप आयोजकहरुलाई उपलब्ध गराईएको जनाइएको छ ।

एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष संजय पुरीको स्वागत र सचिव बिनोद बानियाको संचालनमा भएको कार्यक्रममा जेसिका कार्कीले नेपाल सम्वन्धी कविता वाचन गरेकी थिइन ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १७:३२