८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तीज कार्यक्रममा सहभागी हुन पशुपति शर्मा र रचना रिमाल एडिलेडमा


२२ साउन, एडिलेड । नेपालका चर्चित कलाकारहरु पशुपति शर्मा र रचना रिमाल एडिलेडमा सोमबार हुने तीज कार्यक्रमका लागि एडिलेड आइपुगेका छन् । केबिसी खबरको संयोजनमा अष्ट्रेलिया भ्रमणमा रहेका कलाकारहरु एडिलेडमा गिरीश इभेन्ट, चन्द्रसूर्य इभेन्ट र थ्रिकेजी इभेन्टद्वारा आयोजित कार्यक्रममा सहभागी हुन आइपुगेका हुन् ।

केबिसी खबरका संस्थापक चिरञ्जीवी देवकाटा सहित एडिलेड आइपुगेको टोलीलाई मुख्य प्रायोजक ग्रेस एजुकेशन एण्ड माइग्रेसन एडिलेडका निर्देशक प्रकाश थापा , गिरीश इभेन्टका निर्देशक गगन गिरीले स्वागत गरेका थिए ।

पछिल्लो समय `लुटन सके लुट कान्छा´ बोलको गितबाट चर्चा कमाएका स्याङ्जाली लोक गायक पशुपति शर्मा नेपाली संगित आशाका निकै रुचाइएका कलाकार हुन् । नेपाल आइडलबाट उदायकी झापाली रचना रिमाल युवा पुस्तामा मात्र नभएर सबै तहका नेपालीहरुले रुचाइएकी कलाकार हुन् ।

एडिलेडको स्थानिय डोम पोल्स्की सेन्टरमा साँझ ६ वजेबाट शुरु हुने कार्यक्रममा स्थानिय कलाकारहरुको समेत गित तथा नृत्य प्रस्तुति हुने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १७:२३