१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यस्तो छ विदेशी मुद्राको विनिमय दर


२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ । राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेअनुसार युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९१ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३९ पैसा छ ।

त्यस्तै, जापानी येन ९ को खरिदमूल्य ९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खदिरदर ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा, कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैइाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३३७ रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १०:२९