७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान


२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी छन् । चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् । उनि आज शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध गरेको थियो । क्लबबाट उज्वेकिस्तानमा २० देखि २६ अगस्टसम्म हुने पश्चिम क्षेत्रको समूह चरणको खेल खेलेर उनी साफ च्याम्पियनसिपका लागि नेपाल फर्किने तालिका रहेको छ ।

सावित्राले भारतीय महिला लिगमा सन् २०१९ मा सेथु एफसी र सन् २०२०र२१ मा गोकुलम केरलाबाट खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १७:३६