८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ


२० साउन, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहर”लाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो । प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १८:३९