१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपालमा थपिए ९१२ जना कोरोना संक्रमित, १ जनाकाे मृत्यु


२० साउन, काठमाडाैं । नेपालमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको २ हजार ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । त्यस्तै थप ३७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७१ हजार ६२० जना निको भएका छन् । हाल नेपालमा ५ हजार ७६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १७:१९