१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

हिमालयन हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज ?


२० साउन, काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । शुक्रबार  कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २२८ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको शेयरलाई एचएचएल कारोबार संकेत प्रदान गरेकोछ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १३:५२