७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो


२० साउन, काठमाडाैँ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ११:४१