१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

२ वर्ष भित्र देशमा २५ लाख पर्यटक भित्र्याउने पर्यटनमन्त्री अधिकारीको दाबी


१९ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले २ वर्ष भित्र देशमा २५ लाख पर्यटक भित्र्याउने दाबी गरेका छन ।

नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री अधिकारीले २ वर्ष भित्र देशमा २५ लाख पर्यटक भित्र्याउने दाबी गर्दै सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी आवश्यक योजना बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले नेपालको पर्वतारोहण क्षेत्रलाई मुलुकको आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा विकास गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको पनि बताए । मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न पनि पर्यटनसँग सम्बन्धित संघ, संस्थालाई आग्रह गरे ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १९:०६