१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कांग्रेस निकट निजामति कर्मचारीमाझ देउवाले भने, कम्यनुनिष्टका कारण राजनीति गर्न बाध्य भयाैँ


१९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्यनुनिष्टका कारण निजामति कर्मचारीमा राजनीति गर्न बाध्य भएको बताएका छन ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले कम्युनिस्टका कारण आफ्नो पार्टी पनि कर्मचारीतन्त्रमा राजनीति गर्न बाध्य भएको दाबी गरे ।

उनले नेपाल कम्युनिस्ट पार्टीले कर्मचारीतन्त्रलाई पार्टीप्रति प्रतिवद्ध बनाउन खोजेको आरोप लगाए । आफ्नो पार्टी कर्मचारीतन्त्रलाई स्वतन्त्र राख्नुपर्छ भन्नेमा दृढ रहे पनि कम्युनिस्टहरुले गरेको गलत अभ्यास रोक्न पनि राजनीति गर्नुपरेको तर्क गरे ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १८:५१