१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मर्जर पछि बैंगलादेश बैंकको शेयर सूचिकृत


१८ साउन, काठमाडाैं । नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले नविल बैंक सँग गाभिए पछि आजदेखि नविल बैंकको नामबाट शेयर कारोबार गर्न पाएका छन् । नविल बैंकको नाममा कारोबार गर्न पाए पनि नेपाल बंगलादेश बैंकका शेयरधनीहरु भने चरम घाटामा छन् ।

स्वाप रेसियो एक बराबर ४३ को अनुपातमा गाभिएको नेपाल बंगलादेश बैंकका शेयरधनीहरुको शेयर संख्या धेरै नै घट्दा घाटामा देखिएका हुन् । १० अर्बको बंगलादेश बैंकको शेयर पूँजी ४ अर्ब ३३ करोड रुपैयाँमा समिति हुँदा बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता मात्रै शेयर सूचिकृत भएको छ । अर्थात हिजो बंगलादे बैंकको १०० कित्ता शेयरहुनेको आजका दिनमा नविलको ४३ कित्ता मात्रै छ ।

मानौ एक शेयरधनीले मर्जरको संझौता भन्दा अगाडीको नेपाल बंगलादेश बैंकको शेयर प्रतिकित्ता ३९९ रुपैयाँ दरमा १०० कित्ता शेयर खरिद गरेका थिए । यसको लागत ३९ हजार ९०० रुपैयाँ पर्न जान्छ । मर्जर पछि अहिलेको अवस्थामा उक्त शेयरधनी सँग नविल बैंकको ४३ कित्ता मात्रै शेयर छ ।

आजको बजार मूल्य ८६९ रुपैयाँमा उक्त शेयरधनीले बिक्री गर्यो भने उसलाई अहिले नै २५३३ रुपैयाँ घाटा हुन्छ । यहि अनुपातमा शेयरधनीहरुको शेयरमा नोक्सानी रहेको देखिन्छ । तर मर्जर अगाडी विभिन्न मूल्यमा शेयर खरिद गरेका हुन्छन् । सही क्रममा ३७३ रुपैयाँ भन्दा माथिको मूल्यमा बंगलादेश बैंकको शेयर खरिद गर्नेहरु अहिले नोक्सानमा छन् । यो मूल्य भन्दा कममा शेयर किन्नेहरु भने नाफामा देखिन्छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १२:५०