११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

किरण गुरूङको प्रश्नः घुस दिन खुसी हुने तर कर तिर्न किन दुःखी ?


१९ भाद्र, कावासोती । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले करको विषयलार्इ लिएर समाजिक सञ्जालमा व्यक्त भएको तीव्र असन्तुष्टिप्रति अापत्ति जनाएका छन ।

मंगलबार कावासोतीमा भएको पत्रकार भेटघाटमा मन्त्री गुरूङले  घुस दिन खुसी हुने तर कर तिर्न किन दुःखी ? भन्दै प्रतिप्रश्न समेत गरे । उनले करको सन्दर्भमा सामाजिक सञ्जालमा व्यापक भ्रम सिर्जना गरिएको बताए ।

मन्त्री गुरूङले सामाजिक सञ्जालमा खोला तर्दा, लास पोल्दा, माग्नेलाई पनि कर लगाएको छ, बाख्रामा पनि कर लगाएको छ भन्दै भ्रमको खेती भइरहेको बताए । उनले यस्ता सबै काम प्रतिपक्षहरुले सरकारविरुद्ध सुनियोजित ढंगमा गरेको अारोप समेत लगाए ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १७:५८