७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

२ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिदैँ


१७ साउन, काठमाडाैँ । आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानिय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।

मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विधालयमा बिद्यालय नर्स रहनेछन भने प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहनेछन ।

यसैगरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ बिद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० बिद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक बर्षवाट ‘स्कुल नर्स’ रहने ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार ०९:०८