१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न


१६ साउन, काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सलेन्स कन्फ्रेन्स सौराहा चितवनमा सम्पन्न गरेको छ । कार्यक्रम गत साउन १३ देखि १५ गतेसम्म भएको थियो ।

‘अ बाउन्स ब्याक यर ७९/८० नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संचालक बिमल प्रसाद ढकालले मानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मेलनमा जानकारी गराएका थिए ।

हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिबृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।

सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरूबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १८:५०