११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घट्यो !


१६ साउन, काठमाडौँ । भारतबाट पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको छ ।

यसअघि पनि  भारतबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल र मट्टितेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको थिएन ।

यसपटक सोमबार आयल निगमलाई प्राप्त सूची अनुसार पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा सरकारले मूल्य घटाउने तयारी गरेको छैन ।

एकै सातामा तीन पटकसम्म मूल्यवृद्धि गरेको सरकार मूल्य घट्दा भने कानमा तेल हालेर बस्ने गरेको छ । अन्तर्राष्ट्रिय मूल्य अनुसार १५ १५ दिनमा मूल्य समायोजनको नियम बनाएको निगमले केही अघि मूल्य बढेको भन्दै सातामै तीन पटकसम्म मूल्य समायोजन गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १६:१०