७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रसुवाका बाँकी माओवादी नेता पनि एमालेमा, ओलीले बालकोटमै गरे स्वागत (सूचीसहित)


१६ साउन, काठमाडौँ । रसुवामा माओवादीका नेताहरू कोही नयाँ शक्ति हुँदै कांग्रेसमा पुगे भने कोही नेकपा एमाले प्रवेश गरेका छन । एकदुइ नेता बाहेक अब रसुवामा माओवादीका कार्यकर्तामात्र देखिएका छन । सोमबार माओवदीका नेतृत्वतहका केही नेता नेकपा एमाले प्रवेश गरेका छन ।

माओवादीका वागमती प्रदेश कमिटी सदस्य उध्दव रिजालको नेतृत्वमा जिल्ला स्तरिय तथा गाउपालिका स्तरिय नेताहरू एमाले प्रवेश गरेको एमाले रसुवाका सचिव जनार्दन ढकालले जानकारी दिए । उनीहरू सोमबार बिहान ओली निवास बालोट पुगेर एमाले प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेमा उध्दब रिजाल कालिका, बलराम ढकाल कालिका, शंकर न्यौपाने, तोयानाथ न्यौपाने, सिताराम पौडेल, चित्रप्रसाद देवकोटा, बहादुर लोप्चन, रामशरण कुईकेल, मोहनसिङ तामाङ, वीर ब।थिङ, फुलमाया थिङ, हित बहादुर थिङ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १५:५२