१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

पूर्व मुख्यसचिव सोमलाल सुवेदीको पदक खोसियो


१९ भदाै, काठमाडाैँ । पूर्व मुख्यसचिव सोमलाल सुवेदीको पदक खोसिएको छ । सरकारले सुवेदीलार्इ प्रसिद्ध प्रवल जनसेवा श्री पदक प्रदान गर्ने निर्णय गरेको थियो तर उक्त पदक सुवेदीले नपाउने भएका छन ।

मुख्यसचिव पदमै वहाल रहेको बेला सुवेदीले सरकारलाई जानकारी नदिई एडीबीमा सहसचिव तहको जागिरको लागी दरखास्त दिएपछि उनको तीव्र अालोचना भएको थियो ।

प्नधानमन्त्री केपी ओली नेतृत्वको सरकारले एडिबीको बैकल्पिक निर्देशकबाट असारमा सुवेदीलार्इ फिर्ता बोलाउने निर्णय गरेपछि उनी असन्तुष्ट बन्दै राष्ट्रिय सूचना अायोग पुगेका थिए ।

उनले सरकारका विरूद्धमा निरन्तर वक्तव्यवाजी गर्ने र अन्य षडयन्त्रमा समेत लागेपछि उनलार्इ दिने भनिएको उक्त पदक खोसिएको हो । उनी मुख्यसचिव नियुक्ति हुँदा समेत तीन पार्टीको सदस्यता बोकेर हिडेको अारोप लगेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार ११:२९