१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अध्यक्षको आकांक्षा बोकेका रमेश आचार्य युवा संघको महासचिवबाटै विदा भए


१५ साउन, काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालका पूर्व महासचिव रमेश आचार्य संगठनबाटै विदा भएका छन । उनी संगठनको अध्यक्ष हुने दौडमा रहेका थिए । तर उनी  आइतदेखि युवा संघबाटै विदा भएका छन ।

आचार्य संगठनको अध्यक्ष बन्ने अभियानका लागि देशदौडाहामा थिए । संगठको महासचिव हुँदा देशदाैडाहा स्वभाविक नै भए पनि शुभचिन्तकहरूको चासोमा उनले अध्यक्षको आकांक्षा राख्ने गरेका थिए । पार्टीभित्र महासचिव शंकर पोखरेलको निकट मानिने उनी आइतबार सम्पन्न राष्ट्रिय युवा संघको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकबाट विदा भएका छन ।

आचार्यले युवा संघबाट विदा लिएसँगै ९ वर्षको यात्रामा सहयोग गर्ने सबैमाध धन्यवाद दिएका छन । उनले भनेका छन, ‘युवा समुदायको सामुदायिक हक-हित र उक्त समुदायमा नेकपा (एमाले) लाई स्थापीत गर्न क्रियाशील मोर्चा राष्ट्रिय युवा संघ नेपाल को ९ वर्षेे यात्राबाट स्वेच्छिक विदा लिएको छु । ९ वर्षको यात्रामा सहयोग गर्नुहुने सम्पुर्णलाई ह्रदय देखि आभार व्यक्त गर्दै मेरा कमि-कमजोरीका कारण आन्दोलन र संघका नेता तथा कार्यकर्ता लाई यदि क्षति पुगेको छ भने शिर निहुराएर क्षमा चाहन्छु ।’

संघको आगामी नेतृत्वको रूपमा क्षितिज थेवेलाई प्रस्तुत गर्दै महासचिवको जिम्मेवारी दिइएको छ । शनिबार र आइतबार काठमाडौँको कोटेश्वरमा भएको बैठकले पार्टीको जनसंगठन समन्वय संयन्त्रको निर्देशन अनुसार पदाधिकारीको संख्या घटाउँदै नाम टुंग्याएको हो । अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेल नै रहेका छन भने उपाध्यक्षमा सञ्जिव झा र क्रान्ति बुर्लाकोटी रहेका छन ।

त्यस्तै अन्य उपाध्यक्षमा अमित लामा, सन्तोष रावल, अन्जना अधिकारी, उर्मीला सुनुवार, कृष्णहरी केसी, सुमन पुरी, पुष्पराज श्रेष्ठ, रामजी सापकोटा चयन भएका छन । त्यस्तै महासचिवमा क्षितिज थेवे चयन भएका छन । यस्तै उपमहासचिवमा रमेश तिवारी र विजय डाँगी चयन भएका छन । सचिवमा विकास ज्ञावाली, सीता सुवेदी, बैजनाथ शाह र विष्णा चन्द चयन भएका छन ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार २३:१२