१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एसिया कप छनोटः नेपालद्धारा हङकङसामू ९६ रनको लक्ष्य प्रस्तुत


१९ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपालले हङकङलाई ९६ रनको सहज लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो । सुरुवात देखि नै निकै खराब ब्याटिङ गरेको नेपालले एकै रनमा पहिलो विकेट गुमायो । खाता नै खोल्न नपाइ सुवास खकुरेल आउट भए ।

 नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भए । नेपालको स्कोर ४४ रन हुँदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । यस्तै, ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो । लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भए ।

निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौँ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन् । आठौँ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी बीच ३४ रनको साझेदारी भयो । यसले नेपाललाई केही राहत भएको थियो । तर नेपालले ९२ रन बनाउँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले १५ रन थपे ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार ११:१६