४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

पाँचाैँ सिचुवान इन्टरनेशनल ट्राभल एक्सपोमा भाग लिन जाने नाट्टा टोली चीन प्रस्थान


 १९ भदाै, काठमाडाैँ । चीनको लेसानमा हुने पाँचाैँ सिचुवान इन्टरनेशनल ट्राभल एक्सपाेमा भाग लिन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को टोली त्यसतर्फ प्रस्ताथन गरेको छ । नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाइँको नेतृत्वमा मंगलबार बिहान टोली चीन प्रस्थान गरेको हो । टोलीमा १३ जना व्यवसायीको सहभागिता रहेको छ ।

टोलीलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाट्टाका अध्यक्ष सिएन पाण्डे र नाट्टाका चाइना प्रमाेसन कमिटीका अध्यक्ष सुदर्शन नेपालले विदार्इ गरे । विगतदेखि नै नाट्टाले यस्ता एक्सपोहरूमा अाफ्नो बि टु बी सहभागी जनाउँदै अाएको छ ।

एक्सपोको उद्घाटन सेप्टेम्पर ७ मा नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले गर्ने नाट्टाका चाइना प्रमाेसन कमिटीका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए । नेपालका अनुसार एक्सपोमा ५० देशको सहभागिता रहनेछ ।

अाजै नेपालको ह्णाडीक्राफ्टको एक टोली समेत उक्त मेलामा सहभिता जनाउन चीन प्रस्थान गर्दैछ । पछिल्लो समय चिनियाँ पर्यटकलार्इ नेपाल भित्र्याउनका निम्ति निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १०:३७