१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एसिया कप छनाैट: नेपालले टस जितेर हङकङ विरूद्ध ब्याटिङ राेज्याे


१९ भदाै, काठमाडाैँ । मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर हङकङ विरूद्ध ब्याटिङ रोजेको छ । फाइनलको आस जिवितै राख्न अाजको खेलमा हङकङ विरूद्ध नेपालले फराकिलो जित लिनुपर्छ ।

अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंगापुर विरूद्धको जित पछि नेपालको फाइनल आस केही देखिएको हो । हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालले सु:खद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी खेलेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार ०८:३९