७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विप्लवका प्रवक्ता प्रकाण्डलार्इ भोजपुर लगिदै, मुख्यमन्त्री शेरधन रार्इलार्इ गोली हानेको अभियोग


१९ भदाै, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेकपाका प्रवक्ता खड्गबहादर विश्वकर्मा प्रकाण्डलार्इ अाज भोजपुर पठाइदै छ । महानगरिए प्रहरी वृत गाैशलाले प्रकाण्डलार्इ भोजपुर पठाउन लागेको हो ।  यसअघि हिजो अवेर राति जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीले प्रकाण्डलार्इ गाैशला प्रहरीको जिम्मा लगाएको थियो । अाज गाैशला प्रहरीले विराटनगर हुँदै प्रकाण्डलार्इ भोजपुर पठाउने तयारी गरेको छ ।

सोमबार राति ८ बजे जिल्ला अदालत नुवाकोट पुर्‍याइएका प्रकाण्डलाई न्यायाधीश ऋषिकेश वाग्लेको रोहवरमा रिहा गरिएको थियो । यद्यपी केही बेरमै अदालत परिसरबाटै डिएसपी भीमलाल भट्टराई नेतृत्वको टोलीले प्रकाण्डलाई पक्राउ गरेर काठमाडाैँ पठाएको हो ।

प्रवक्ता प्रकाण्डलाई भोजपुर जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरेर बुझाउनुपर्ने भएकाले नियन्त्रणमा लिएको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले दैनिकीलार्इ जानकारी दिए । प्रकाण्डलाई गत प्रतिनिधिसभासभाको निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको चुनावी अभियानको टोलीमाथि भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकाले भोजपुर पठाइएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार ०८:३६