१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु


१३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो । आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो ।

यस्तै संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ। शुक्रबार कोरोनाबाट २६९ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १८:१२